सुनुवार जातिको परिचय

सुनुवार जातिको परिचय

सुनुवार वल्लो किराँत बसोबास गर्ने किराँतहरुमध्ये एक प्रमुख जाति हो । यी जातिलाई सुनुवार मुखिया, सिकारी सुनुवार, सुनुवार कोँइच आदि भनिन्छ । सुनुवारहरको स्वभावैले मझौला कदको, थेप्चो नाक, आँखीभौँ कम भउको, गहुँगोरो, सोझो, इमान्दारि, छिटै रिसाउने तर मनमा रागद्वोष नराख्ने मिजासिलो कुनै पनि छक्कापन्जा गर्न नरुचाउने खालको पाइन्छन् । यी जातिहरु विशेष गरेर लज्जालु स्वभावका स्वभिमानी हुन्छन् ।

विशेष गरेर लिखु कोशी, मोलोङ्ग खोला र खिम्ती खोला क्षेत्रका ओखलढुङ्गा, सोलु रामेछाप, दोलखा जिल्लामा सुनुवारहरुको बसोबास गरेको पाइन्छन् । त्यसका साथै सिन्धुली, उदयपुर, धनुषा, सिरहा क्षेत्रमा पनि बसोबास गर्दै आएको पाइन्छन । सुनुवार भाषमा नदीलाई लिक् भनिन्छ । सप्तकोशी नदी तमोर कोशी लिम्बु भाषमा र लिखु कोशी सुनुवार भाषमा नामकरण भएको पाइन्छ । सुनकोशी वरपर हुदै पूर्वतर्फ पलायन हुदा तामाकोशी लिखु अर्थात रोल्वालिङ्ग हिमालय श्रृंखलाबाट बहने हिमनदीहरुको आसपासको क्षेत्रमा किराँत सुनुवार वसोबास गर्दै आएको पाइनछ । सुनुवारहरुले गौरीशंकर हिमाललाई जत्नष्याँदर फँुखीँ भनी सम्बोधन गरेको र मुक्दुममा उच्चारि भएको देखिन्छ । जत्नष्याँदर गौरीशंकर हिमालमुनी छेवरखाषीमा अद्यावधि सुनुवारहरुले सिमाङगडाबाट लिएर आएको लवापला पाइन्छ भन्ने किम्बन्ति छ । सुनुवारी भाषमा शंकरलाइ जन्त र गौरीलाइ ष्याँदर भनिन्छ । जन्तमुली ष्याँदर देयी भनी पूजा गर्ने गरेको पाईन्छ ।

सुनुवारहरु बाह्रथर र दशथर गरी जम्मा २२ मुलथर भएका सुनुवारहरको ७३ उपथरहरु भएको पाइन्छ । यिनै २२ थरे सुनुवारहरुको भाषा संस्कृति रीतिरिवाज मूलरुपमा एकै पाइन्छ । भाषामा पनि मगर र राईबीचमा सुनुवारी भाषा केही मिलेको पाइन्छ । मगर जातिसँग विहावारी चल्ने हुँदा मगर सुनुवारलाई ओखोरपाँग्रो जात भनिएको पाइन्छ । किराँत राई र किराँत सुनुवार दुवै किराँत भएकोले विहाबारी चल्ने स्वभाविकै देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *