ष्याँदरको दोस्रो दिन बेलुका मेवल जादै

ष्याँदरको दोस्रो दिन बेलुका मेवल जादै

ष्याँदरको बेलुका चफोनिफोहरुले सुरो घरमा भित्राएपछि दिउसो पुजा गरेको प्रसाद बनाएर पिदार गरेर कुललाई बुझाईन्छ । खाना खाएर फेरि नासोको घरमा मेवल जाने चलन छ । मेवल जादनखेरि पनि फेरि बिहानमो जस्तै नासोको घरमा चफोनिफो जम्मा भएर, होल्फागिल्फा ओछाएर ३६० रेखि हालिन्छ । चफोनिफोको घरबाट ल्याएको छ्याङ अनि खट्टे चिरो माथि दिउसो पुजामा बलि दिएको रागाँहरुको ठाउको, गर्दन, फिला अनि पुछर जोडिन्छ । अनि चफोनिफो घरबाट ल्याएको छ्याङ तीनवटा भाडोमा मिसाईछ अनि सबै चफोनिफोहरुलाई पालैपालो जाँडमा नासोले टोट्ला चढाउन लाउछन् ।


अनि सुरु हुन्छ मेवल जानेकाम, नासोले पिदार सुरु गरेपछि चफोनिफोहरुले सबै ढोल र झ्यामटाले श्याँबु सोप्सा देलेमेले ओफु ड्याम ड्याम तालमा बजाउदै नाच्न थाल्छन् अनि नासोले ढोलको तालमा सारा उठाउँदै, खलो गर्दै कुललाई दिनभरि गरेको कार्यहरु बजुउादै लान्छन् । पिदारदै जादा नासोले सबै चफोनिफोको सातो बोलाएर ल्याउछन् र सबैलाई पालैपलो दिन्छन् । यसरी मेवल जाँदाखेरि नासोको घरमा पुगेको चाफोनिफो सुत्नु हुदैन्, सुतेमा वा निदाएमा निदाउने चफोनिफ वा नासोलाईनै तलमाथि हुनेहुदाँ कसैलाई पनि सुत्न दिइदैन् ।नासोले मेवलजाने क्रममा दिउँसोको जस्तै धनु र बाँण निकाल्नछ र खलो गर्दै धनु तन्काएर सबै राँगालाई पलैपलो बलि दिनछन् र धनु र बाँण तन्काउँछन् । होल्फागिल्फामा राखेको राँगाको टाउको, गर्दन, फिला अनि पुच्छार ओल्टाइ पल्टाई चफोनिफोहरुको साता ल्याउँदै थन्काउदै जान्छन, सबैलाई थन्काएपछि होल्फागिल्फा पनि उठाउदै जान्छन ।

 

त्यस पछाडि ष्यादार थानबाट ल्याएको सुरोको सोलि बोकेर खलो गर्दै सुरो भित्राउने बिधि थाल्दै नाच्छन् । अनि सुरो आफ्नो घरको बुईकलमा भएको भकारीमा सुरो हुल्न लाउँछन् ।सोलि अनि सुरो हुलेपछि नासोले आफ्नो मुख्य ढोल लिन्छन, अनि ढोल लिन्छन अनि जसि भुल्कुम भुल्कुम ...... भु..भु.. भुल्कुम ... भुल्कुम .... जसि भुल्कुम भुल्कुम ...... भु..भु.. भुल्कुम ... भुल्कुम तालमा नाच्छन् । नाच अनि पदिार सकेफछि चफोनिफलाई ढोल दिन्छन् र नाच्न लगाउछन् । अनि सबै चफोनिफोलाई प्रसाद अप्सनि गर्नलगाउँछन् । नासो चाहि पिदार गरेको होल्फगिल्फा अनि खट्टेचिरोलाई उठाएर घरबाट बाहिर दोबाटोमा लगेर जान्छन्, र यसपालिको ष्यादर पिदारलाई बिटमारिम केहि गल्ति भएमा म लगाएत सबै चफोनिफोलाई क्षमा गरिदिनु तलमाथि नगरिदनु भनेर माफिमाग्दै अर्को साल ष्यादर पिदार गर्ने बाच गर्दे दोबाटोमा राखेर घर फर्किन्छन् ।


घरमा आएर नासो र चफोनिफोहरुसँग यसपालि ढोल–झयाम्मटा गाउँमा घुमाउनेकि नघुमाउने विषयमा सल्लाह गर्छन, घुमाउनेभएमा सबै चफोनिफो सुत्छन् र भोलिपल्ट सबै चफोनिफोको घर–घर पालैपालो घरमा सुरो हुल्दै घुमाउँछन् । नघुमाउनेभएमा जोर सगुन राखेर नासोले पिदार थाल्छन र सबै चफोनिफो ढोल–झ्याम्टा श्याँबु सोप्सा देलेमेले ओफु ड्याम ड्याम तालमा बजाउँछन् र नासोले आफ्नो घरमा ढोल–झ्याम्टा झुन्डाउँछन् । यसरि नासोले ढोल–झ्याम्टा झुन्डाएपछि अरु चफोनिफोको घरको ढोल–झ्याम्टा बजाउनु हुदैन, नबजाईकना चफोनिफोले आफ्नोघरमा लगेर झुन्डाउनुपर्छ । यसरि झुन्डाए पछि ढोल–झ्याम्टा अर्को सालको ष्यादर पिदारको बेला मात्रै निकालेर बजाईन्छ ।


भिडियो