मञ्जुरी पत्र बनाएर, रानी दिने सोच

मञ्जुरी पत्र बनाएर, रानी दिने सोच

मैले मेरो पशिना बगाएर, भाको नभाको बल लगाएर, भाको नभाको गिदि लगाएर, कहिले हाकिमको गालि खाएर, कहिले माया पाएर, कहिले उनीहरुलाई चिप्लेटि घसेर, कहिले राम्रो कुरालाई राम्रो छ, कहिले काहि जति नराम्रो÷चित्त नबुझेका कुरालाई पनि एमदम ठिक छ भन्दै । बल्ल बल्ल धेरै ठाउँमा नमस्ते गर्दै, सोर्स फोर्स लागएर गरेको जागिरलाई बचाउँदै, जागिर गयो भने आफ्नो घ्याम्पो जत्रो पट त भोकै हुने त छदै छ, आफ्नो श्रीमतीजी, बाल बच्चाको पनि भोकै हुने डर । जागिर गएछि आफेनो र परिवारको पेट पाल्ने आर्को ठाउँमा जागिर पाउन गारो छ ।


यस्तै किस्सा गरि कमाएको, अलि अलि गरेर बचाको पैसाले मैले उनिहरुलाई किनेर भेला पारेर उनिहरुको आन्द्रा–भुडि सबै केलाएर, उनिहरुको भित्तामा भएका राम्रा कुराहरु कण्ठष्त पारेर, साथीहरुको बिचमा ओकेलेर कहिले काहि साथीहरुको बिचमा अरु भन्दा स्मार्ट, जान्ने बुझने भनेर चिनाउन मद्दत गर्ने रानीहरुलाई पढि सकेपछि रानी जस्तै बनाएर राख्ने मेरो बानी ।

आफ्नो साथी घरमा आउदाँ हजुरसगँ त फलानो र तिनालो नाम गरेका रानीहरु रछन्, मलाई त उनिहरुको बारेमा जान्न र चिन्न कस्तो मन छ बजारभरि मैले खोजे तर नभेटिएको भन्नदै मागे पछि आफ्नो चाहि नाई भन्न नसक्ने बानि । ल हुन्छ नि त भनेर दियो । लगेर गएछि आफ्नै रानाी बानाएर राख्ने, कसै कसैले त लगेर पढे पछि होकि नपढि हो त्यो त थाहा भएन, आफ्नो घरको लिभिङ रुमको किताब राख्ने दराजमा राखेको पनि देखेको छुँ । कसै कसैले चाहि आफ्नै जसरी कलम, सिसाकलम प्रयोग गरेर टिका–टिप्पनी कोरेको पनि भेटाएकोछुँ ।
फोन गरेर वा भेटेर हजुरसगँ यस्तो–यस्तो नाम गरेका रानीहरु छन्, कहिले फिर्ता पाउँछु–हातमा पर्छ हजुर भनेर सोध्धा लाजै नमानिकन हासेर अब उनिहरुको बारेमा हज्रले जस्तो आन्द्रा–भुडि केलाको छैन् ३–४ दिनमा ल्याईदिन्छु भन्ने तर त्यो ३÷४ दिन महिनौ सम्म पनि नआउदो रहेछ । अबबाट यसरी आफ्नो रानी लैजाने साथिहरुलाई नेपाली कागजमा तीन पुस्ते खुलाएर मञ्जुरी पत्र बनाएर, दायाँ बायाँ ल्यापचे लगानउन लगाएर, यति दिनमा फिर्ता गर्छु । यदि तोकेको समयमा हजुरको हातमा पार्न सकिन भने हजुरलाई जरिवान स्वरुप यति रकम उपल्बध गराछुँ भनेर मात्रै आफ्नो रानी अरुलाई उपल्बध गराउने सोच बनाएको छुँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *