बच्चु हिमांशुको पोडकास्ट प्रतिरोध पहिलो भाग प्रसारण

बच्चु हिमांशुको पोडकास्ट प्रतिरोध पहिलो भाग प्रसारण

मान्तकृत समुदायका समसामयिक मुद्दाउपर बहस गर्न समाजका विभिन्न विधामा रहेर सामाजिक न्यायको पक्षमा निरन्तर काम गरिरहनुभएका व्यक्तित्वहरुसित अनौपचारिक संवाद गर्ने उद्देश्यले डिजाइन गरिएको प्रतिरोध पोडकास्टको पहिलो भाग २०८० अषाड ८ गते शुक्रबार राति ९:५०मा प्रसारण भएको छ ।

वर्तमान परिप्रेक्ष्यमा मल्टिमिडियाको उपयोगितालाई ध्यान दिंदै सवाल्टर्नका उत्पीडन कथा, पीडाका भोगाइहरुलाई कसरी सम्बोधन गर्न सकिने, न्यायोचित समाज निर्माणमा सचेत नागरिकको हैसियतले के, कस्तो भूमिका निर्वाह गर्न सकिने भन्ने खोजस्वरुप पोडकास्ट बहस एउटा उपयुक्त माध्यम हुनसक्ने ठहर रहेको छ ।

मूलधारको मिडियाले बेवास्ता गरेका सीमान्त आवाज, मुद्दा, व्यक्तित्वलाई विशेष ग्राह्यता दिने, बोल्नैपर्ने प्रतिनिधि पात्रहरुले औपचारिक मञ्चमा राख्न नसक्ने, नसकेका विषयवस्तुको अन्तर्य पनि खुलाउने गरेर पोडकास्टको प्रभावकारिताको कल्पना गरिएको बताइएको छ ।

हप्तामा एउटा पोडकास्ट उत्पादन गरी युट्युबमार्फत भिलेज नेपाल स्टुडियो च्यानलमा प्रत्येक शुक्रबार साँझ ७ बजे प्रसारण गरिने बताइएको भए पनि पहिलो भाग प्रबिधिक कारण्बस ढिलो प्रसारण भएको जानकारी प्रस्तोता बच्चु हिमांशुले जानकारी गराउनु भएको छ भने अब प्रसारण हुने पोडकास्ट आगामी असार महिनाको १५ गते साँझ ७ बजे समयमै प्रसारण गरिने बताइएको छ ।