यो पोडकास्ट सिमान्तकृत समुदायका समसामयिक मुद्दाउपर बहस गर्न समाजका विभिन्न विधामा रहेर सामाजिक न्यायको पक्षमा निरन्तर काम गरिरहनुभएका व्यक्तित्वहरुसित अनौपचारिक संवाद गर्ने उद्देश्यले डिजाइन गरिएको बताइएको छ ।
वर्तमान परिप्रेक्ष्यमा मल्टिमिडियाको उपयोगितालाई ध्यान दिंदै सवाल्टर्नका उत्पीडन कथा, पीडाका भोगाइहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ, न्यायोचित समाज निर्माणमा सचेत नागरिकको हैसियतले के, कस्तो भूमिका निर्वाह गर्न सकिन्छ भन्ने खोजस्वरुप पोडकास्ट बहस एउटा उपयुक्त माध्यम हुनसक्ने ठहर रहेको बताइएको छ ।
मूलधारको मिडियाले बेवास्ता गरेका सीमान्त आवाज, मुद्दा, व्यक्तित्वलाई विशेष ग्राह्यता दिने, बोल्नैपर्ने प्रतिनिधि पात्रहरुले औपचारिक मञ्चमा राख्न नसक्ने, नसकेका विषयवस्तुको अन्तर्य पनि खुलाउने गरेर पोडकास्टको प्रभावकारिताको कल्पना गरिएको बताइएको छ ।
पोडकास्ट विशुद्ध रुपमा गैरनाफामुखी हुनेबताइएको छ । पोडकास्ट विशुद्ध रुपमा मुद्दाकेन्द्रीत, पोडकास्टले कुनै पनि खाले प्रतिगामी तत्व, विवादित पात्र(संस्था, नाफामुखी व्यावसायिक घरानासित सहकार्य नगर्ने बताइएको छ । पोडकास्टको मुख्य ध्येय सीमान्तकृत समुदायका आवाजको प्रतिनिधित्व हुनेछ । पोडकास्टले चर्चाकेन्द्रीत बाटो नअपनाउने बताइएको छ ।देशभर सामाजिक न्यायको पक्षमा, अन्यायको विरुद्धमा भइरहेका तमाम अग्रगामी नागरिक आन्दोलनलाई पोडकास्टले समर्थन बताइएको छ । प्रतिरोध यसको थिम हुने बताइएको छ ।
हप्तामा एउटा पोडकास्ट उत्पादन गरी युट्युबमार्फत भिलेज नेपाल स्टुडियो च्यानलमा प्रत्येक शुक्रबार साँझ ७ बजे प्रसारण गरिने बताइएको छ । पोडकास्टको पहिलो भाग आगामी असार महिनाको ८ गते प्रसारण गरिने बताइएको छ ।
