सुनुवारहरुको मुन्दुम ष्याँदर पिदारको पहिलो दिन

सुनुवारहरुको मुन्दुम ष्याँदर पिदारको पहिलो दिन

ष्याँदार पिदार सुनुवार कोइचहरुको आश्थाको केन्द्रबिन्दु हो । यो चाड सुनुवारहरुको महान चाड पनि हो । यो चाड हरेक साल बैशाखे पूर्णिमाको दनिमा मनाईन्छ । यो चाड मनाउनलाई देश विदेशमा रहनु भएका सबै सुनुवारहरु मनाउनलाई फर्किने चलनछ । यो समयमा बालि लगाएरपछि फुर्सद हुने र फुर्सदको समयमा प्रकृतिलाई पूजा गरेर रोग व्यादि नलागोस, महामारी नओस, प्राकृति प्रकोप नहोस भनेर सम्पुर्ण मानव जाति को कल्यान र शान्तिको लागि गरिन्छ । ष्याँदरको पहिलो दिन पिदार गरेर मर्मतको लागि खोलामा भिजाएको ढोल घरमा ल्याएर मर्मत गरिन्छ । ढोल मर्मत गरिसके पछि ढोललाई सिगार पटार गरेपछि पिदार गरेर नासोको घरमा लगिन्छ ।

नासोको घरमा चफोनिफो जम्मा भएर, होल्फागिल्फा ओछाएर ३६० रेखि हालिन्छ । ३६० रेखिले वर्षको हरेक दिन जनाउछ । ३६० रेखि हालि चफोनिफोको घरबाट ल्याएको छ्याङ अनि खट्टे चिरो चढाएर, ढोल र झ्यामटाले श्याँबु सोप्सा देलेमेले ओफु ड्याम ड्याम तालमा ष्याँदर पिदारको सारा नासोले उठाउदै पिदार गरिनछ अनि हामीले यसपालिको ष्याँदर पिदार थाल्यौँ, गल्ति भए माफपाउँ भन्दै पिदार सकेर रागाँ दोथ ष्याँदर थान लागिन्छ ।

राँगा देथाउदा फेरि नासोको घरमा चफोनिफो जम्मा भएर, होल्फागिल्फा ओछाएर ३६० रेखि हालिन्छ । ३६० रेखिले वर्षको हरेक दिन जनाउछ । ३६० रेखि हालि चफोनिफोको घरबाट ल्याएको छ्याङ अनि खट्टे चिरो चढाएर, ढोल र झ्यामटाले श्याँबु सोप्सा देलेमेले ओफु ड्याम ड्याम तालमा ष्याँदर पिदारको सारा नासोले उठाउदै पिदार गरिनछ र थोप्ला नासोले काटेर ल्याएको गुठि राँगा बान्ने मौलौ सबै नासोहरु बिधिपुर्बक खलो गर्दे गाडिन्छ । मौलो गाडेपछि गुठिराँगा ल्याएर बानिन्छ र पुजारिले खलो गर्दै सारा उठाउदै राागाको ठाउँकोमा चफोनिफोले भाकेको पुरा हास भन्दै भाकल गर्ने चफोनिफोको घरबाट ल्याएको अण्डा नासोले गुठि राँगाको ठाउकोमा हान्छन् । त्यसपछाडि नासोले ढोल लिएर आई राँगा तेलागा तालमा बजाउँनाछन्, खलो पुरा भएपछि नासोले सबै चफोनिफोलाई बिदा दिन्छन् ।

पुरा भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *